भुवा को सार्वजनिक बिदा

 

धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार स्थानिय मौलिक पर्व ुभुवाु को सार्वजनिक बिदा दिएको छ । यो पर्व सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम जिल्लामा भब्यताका साथ मनाईन्छ । यो पर्व आजबाट शुरू भएको छ।

महाभारत कथा पाण्डब र कौरबको युद्ध गाथामा आधारित भुवा पर्व पाण्डबले कौरवमाथि बिजय प्राप्त गरेको खुशीयालीमा परापूर्व कालदेखि नै मनाइँदै आएको छ। मौलिक भाका र लयमा खेलिने भुवा पर्वको आफ्नै महत्व छ। दमाहाको तालसंगै एक हातमा ढाल र एक हातमा तरबार नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँवस्ती र शहरमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शनसमेत गरिन्छ। स्थानिय भाषामा भुवालाई ुभस्सोु पनि भनिन्छ।
विशेष गरि सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम र डोटीमा भुवा पर्व बिशेष हर्षोल्लासपूर्वक मनाइने गरेको छ। यसै अवसरमा आज पौष ४ गतेदेखि ६ गतेसम्म धनगढीको खुलामञ्चमा बाजुरेली सेवा समाजको आयोजना र प्रदेश सरकार सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानको सहकार्यमा आयोजना हुने भुवा महोत्सव तथा भुवाचाली नाच पनि लाग्दै छ ।