धनगढी -कैलाली जिल्ला तोरी बाली उत्पादनका लागि देशकै उर्वरभुमि हो । तर जिल्लाको तोरी उत्पादन बढी हुने दक्षिणी पुवी क्षेत्र टिकापुर , भजनी , कैलारी, जोशीपुर , बर्दगोरिया , जानकी , लम्की चुहा नगरपालिका पछिल्लो समयमा बर्खामा डुवानमा पर्ने गरेकोले तोरीको उत्पादन क्षेत्र समेत घटदै गएको छ । किसानका अनुसार बर्खामा लाग्ने बाढीको समस्याले खेतमा बालुका भरान र पानी जम्ने समस्याले गर्दा तोरीको उत्पादकत्व उत्पादन क्षेत्र दुवै घटदै गएको छ । किसानले प्राकृतिक प्रकोपका कारण एकातिर तोरीको क्षेत्रफल घटदै गएको भने अर्काेतिर तोरी लगाउने सिजनमा किसानले मल समेत नपाउने गरेकोले उत्पादकत्व समेत घटेको छ । कैलाली कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभरमा २० हजार हेक्टरमा लगाइने तोरी २० हजार टन उत्पादन हुने गरेको छ ।

इ-डटपेन 








