शितलहरले जनजिवन प्रभावित (भिडियो रिर्पाेट सहित )

धनगढी -पश्चिम तराईका जिल्लामा चलेको शित लहरले जनजिवन प्रभावित भएको छ । पुसको १ गते देखि कैलाली र कन्चनपुर जिल्लामा बाक्लो हुस्सु र कुहिरो घाम समेत झुल्कन छोडे पछि बढेको अत्याधिक चिसोले जनजिवन प्रभावित भएको छ ।
चिसोले सवैभन्दा बढी श्रमिक बर्गालाई परेको छ । दिनभर ठेला रिक्सा र मजदुरी गरेर दिन गुजरा गर्ने श्रमिक बर्गलाई दिउसो काम गर्न मुश्किल भईरहेको धनगढी मुक्त कमैया शिबिरका शिवराम चौधरीले बताए । ‘शरीरमा न्यानो लुगा पनि हुदैन’ उनले भने, दिनभर लाग्ने चिसो सेरोटेले जिउ कठ्याङग्रिएको हुन्छ । कसरी काम गर्ने ? काम नगरेर साझ के खाने भन्ने अर्काेतिर चिन्ता हुन्छ । ’ उनले दिनभर चिसोमा काम गरेर साझ घरमा समेत न्यानो लुगा लगाउने ओडने बिछ्याउने समेत नहुदा बिरामी समेत पर्न लागेको बताए । उनका अनुजास बालबालिकाहरुलाई रुघा लागेको छ । ताप्नलाई आगो बालन समेत नभएको उनिहरुले बताए । उनिहरु स्थानिय सरकारले आगो बाल्न दाउराको समेत ब्यवस्था गरि दिए राहात हुने बताए ।
दिन दिन बढ्दै गएको चिसोले बालबालिका , बृद्धबृद्धा र गर्भवती महिला समेत प्रभावित भएका छन । स्थानिय अस्पतालमा चिसोले बिरामी समेत बढन थालेका छन । मुक्त कमैया , सुकम्वासी र गरिव परिवारलाई चिसो कहिले हटला ? र सुखी दिन आउलान भन्ने लागेको छ भन्छन , मुक्त कमैयाका श्रीराम डगौरा ।
चिसोले स्कुले बालबालिकाहरु समेत प्रभावित भएका छन । धनगढी ४मा दिपेन्द्र भन्डारीले चिसो बढेकोले स्थानिय सरकारले केहि दिन चिसो बिदा दिनु पर्ने बताए । काक्लो हुस्सु र कुहिरोले पनि सवारी साधनका दुर्घटना समेत बढेका छन । चिसोले
धनगढीका ब्यापारीहरुलाई भने येतिबेला न्यानो बिक्री भने राम्रै आम्दानी भईरहेको बताएका छन ।

बाक्