थारु समुदायमा गुरही पर्व मनाईदै , पछिल्लो समयमा अन्य समुदाय पनि परिचित बन्दै (भिडियो सहित )

धनगढी, पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । थारु समुदायमा गुरही पर्वले दाजुभाई र दिदीबहिनी बीचको प्रेम सम्वन्ध राख्छ । यो एक प्रकारले
गुरही बालबालिकासँग सम्बन्धित छ । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।

बालिका वा केटीहरूले गुरहीसहित घुघ्री ,मकै, केराउ वा चनाको भुजा , फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘लट्टीले ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।दाजुभाई र दीदीवहिनीको प्रेम सम्वन्धमा प्रगाड ल्याउने र उनिहरुको दुख्ख कष्ट तगराहरु हटने छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने भन्ने कथन पनि छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ ।
थारु परम्परागतको एक हिस्साको रुपमा रहेको यो पर्वको नाममा कैलालीको धनगढी क्याम्पस रोडलाई गुरही चोकको पनि नामाकरण गरिएको छ । यहा गुरही किराको मुर्ति पनि बनाइएको छ । यस पर्वका दिन धनगढी र आशपाशका थारु समुदाय र साथरु सस्कृतिको जगृनामा लागेका सस्थाहरुले यहा आएर गुरही भब्यताका साथ मनाउने गरेका छन । जस कार्यक्रममा पछिल्लो समयमा अन्य समुदायमा मान्छे पनि गरही पर्व संग परिचित बन्दै गएका छन ।