बालिका हत्याको बिरोधमा शान्तिपुर्ण प्रर्दशन र दीप प्रज्वलन

धनगढी-मधेश प्रदेश बारा जिल्लाकी बालिका हत्याको देशभर भइरहेका बिरोध प्रदर्शन अन्तर्गत धनगढीमा पनि विद्यार्थीहरूले सोमवार शान्तिपूर्ण प्रदर्शन तथा दीप प्रज्वलन गरेका छन्। बारामा तिन बर्षिया कालिका गरिमा चौधरीको बलत्कार पछि हत्या गरिएको थियो ।
स्वतन्त्र विद्यार्थी युनियन, कैलाली बहुमुखी क्याम्पसको आयोजनामा धनगढी–१ स्थित पार्क मोडमा सोमबार विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा प्रदर्शन गरिएको हो।शान्तिपूर्ण प्रदर्शनपछि मौन धारण र दीप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको थियो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बालिका तथा महिलामाथि हुने हिंसा र बलात्कारका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
न्यायको माग गर्दै गरिएको कार्यक्रममा विद्यार्थीहरूले नाराबाजीसँगै साहित्यिक रचना तथा आफ्ना विचारसमेत प्रस्तुत गरेका थिए। सहभागीहरूले बालिका तथा महिलाको सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।