धनगढी – शुक्रवार बिहानै देखिको निरन्तरको बर्षाले कैलालीको तल्लो तटिय क्षेत्रका किसान चिन्तित भएका छन । उनिहरुलाई जिउज्यानको सुरक्षा संगै खेतबारीमा लहलह झुलेको धानबाली भित्राउन नपाउने चिन्ताले छाएको छ । तीन चार दिन अर्थात असोज ११ गते सम्मको भारी वर्षाको पूर्वानुमान ले कैलालीका डुवान क्षेत्रमा पर्ने तल्लो तटिय क्षेत्रका बासिन्दालाई ज्यानपरिवारको सुरक्षा संगै लगाएको बालीको चिन्ताले रातको निद समेत उडाएको बताएका छन । कैलालीको कैलारी र भजनी नगरपालिका मुख्यगरि तल्लोतटिय अर्थात डुवान क्षेत्रमा पर्छ ।
शुक्रवार बिहानको बर्षाले चुरेबाट उत्पन्न मोहना नदी र सहायक नदीमा आएको बाढीले कैलालीको तल्लो तटिय दक्षिण पुर्वी क्षेत्रका बासिन्दा रातभर निदाउन पाउदैन्न । भारत नेपालको सिमा नदी भएर पश्चिमबाट पुर्व दक्षिण भएर मोहना बग्ने गरेको छ ।
मोहना नदीमा आउने बाढीले गोदावरी , धनगढी उप महानगर पालिकाका केहि बस्तीलाई प्रभावित पार्दै कैलाली गाउपालिका र भजनी नगरपालिकालाई डुवानमा पार्ने गरेको छ । हरेक बर्ष मोहनामा आउने बाढीले कैलारी र भजनी नगरपालिकाका सयौं बिगाहा जग्गालाई कटानी पटानी मात्रैं गर्दैन । धेरैं घर परिवारलाई बिस्तापित समेत हुदैं आएका छन ।
‘हाम्रो वरीपरिको अकास सफा भएपनि माथी चुरेको अकास कस्तो छ ? पानी परि रहेको छ की छैन थहा पाउनुु पर्छ ’ कैलारी गाउपालिका मनिकापुरका रामदास चौधरीले भने, शुक्रवार देखि परेको बर्षाको बारेमा त सरकारले अर्लट रहन भनि पहिल्यै सूचित गरेको छ । कति पर्छ कति नोक्सानी गर्छ चिन्ताले छाएको छ । त्यस्तै हसुलियाका निर्मल चौधरीले धानबाली लह लह झुलेको छ । यो बर्ष राम्रो बाली पनि लागेको छ तर भित्राउन पाएका छैनौ किसानलाई साह्ै चिन्ता परेको बताए । उनले २०६६ सालमा राती आएको बाढीको बितण्डालाई सम्झदैं भने,‘ त्यसबेला कयौं जना राती सुतेकै अवस्थामा बगे, राती भएकोले भाग्न समेत ठाउ भएन , कोहि भाग्दा खेरी हिलोमा चिप्लिएर पनि मरे , गाईगोरु कति बगायो केहि तथ्यांकनै भएन , सयौं हेक्टर जग्गा बगायो , हेलिकप्टरबाट उद्धार गरिएको थियो ।’ उनले यो बर्षा लाई पनि मौसम बिज्ञले पनि ०६६ कै जस्तो बाढी आउन सक्ने भनेकाले बाढी प्रभावित किसानलाई डर पैदा भएको बताए । रातमा ननिद , न दिनमा चैन छ उनले भने रक्षा गरुन भगवानले , बर्षा थामियोस मौसम बिज्ञले भने अनुसारको बर्षा नहोस भन्ने कामना गर्दै बसेका छौ ।

इडटपेन




इ-डटपेन 






