‘रोजगारी गुमाएर घर फर्केनु परेको छ’

धनगढी-भारतको राजिस्तानमा ड्राईभिंग गर्दै आएका बाजुराका अंकित बिक बिहिवार त्रिनगर भन्सार नाकाको हेल्थ डेस्कमा भेटिए । उनी संग श्रीमती र प“ाच बर्ष मुनिका दुई बालबालिका पनि थिए ।
तिन महिना अघि मात्रैं उनले घरबाट परिवारलाई आफुले काम गर्ने ठाउ राजिस्तानमा बोलाएका थिए । ‘एक ब्यवसायिक कम्पनीको गाढी चलाउन पाएपछि परिवारलाई आफु संगैं राख्ने गरि बोलाए’उनले भने,‘कोरोनाको कारण पुनः नौकरीबाट हात धुनु प¥यो । परिवारलाई घर पु¥याउन लागेको छु ।’उनले बिरोगार भएका बेला परिवारलाई भारतमैं राख्न सक्ने स्थती भएन । उनले थपे, फेरी यस्तो कोरोना कहरका बेला बच्चा र परिवारलाई घरमैं छोडेर बचाउनु पनि प¥यो ।’
उनी आफु भने कोराना कालमैं दुई पटक भारतका बिभिन्न शहरमा काम खोज्न गएको बताए । ‘पहिलो कोरोना कालमा डर लागेर घर आएको हु“’उनले भने,‘ घरमा खान नपुग्ने भएपछि कोरोनाको दोस्रो लहर चलिरहेको बेला भारतको राजिस्तानमा आए । केहि महिना पछि ड्राभिंग पाए । अव ठिकठाक जिन्दगी चल्छ भनेर घरबाट परिवारलाई तिन महिना अघि मात्रैं बोलाए । तेस्रो लहरले जागिरनैं चट भयो ।यस्ता छन, हाम्रा दुख्ख ।’
भारतको पुनाबाट घर फर्कदैं गरेका बाजुरा कोल्टीका दले बिकको फरक छैन । उनी पनि ‘कोरानाको कहरल भारतमा पनि काम पाउन मुश्किल छ’उनले भने, ‘घरमा खान नपुग्ने समस्याबाट गुज्रिनु परेको छ ।’ कोरोनाले भारतका शहर बन्द भएपछि घर फर्कनु पर्ने र खुलेपछि पुनः कामका लागि भारत जानु पर्ने अहिलेको अवस्था रहेको छ ।
त्यस्तै कैलालीका टिकापुरका रमेश रावलले पनि कोरोनाले रोजगारी गुम्दा घर फर्केको बताए । उनी पनि बिगत लामो समय भारतको पुना शहरमा काम गर्दै आएका छन । परिवार सहित भारतमा बस्दैं आएका रावलको पेशा पनि कोरोनाले अस्थिर जस्दैं बनाएको छ । ‘कोराना महामारी बढेपछि बालबच्चाको सुरक्षाका लागि घर फर्केको हु ’उनले भने, ‘नाकामा भोक्नु पर्ने समस्या भन्दा त म आफु त घर फर्कन खोजेको थिएन । उतैं बस्थ्ये । तर साथमा परिवार भएकाले घर फर्केको हु ।’
भारतका शहरका सटर र फयाक्ट्रीहरुका ढोका बन्द संग नेपालीको रोजगार सम्वन्धित रहेको अर्का नेपाली बिर्खे नेपालीको कथन छ । ‘रोगको डरले भन्दा पनि नेपालीको रोजगार छुटेपछि खाली बस्नु भन्दा केहि महिना घर फर्कने हुन’ उनले भने, कोरोनाका प्रभाव कम भयो , शहरका ढोका खुले लकडाउन हट्यो भने पुनः भारतै पस्नु पर्ने हो ।’उनले नेपालीलाई रोजगारी दिन नसकेपनि नाकामा आउजाउका लागि नेपाल सरकारले सहज गर्नु पर्ने उनको कथन छ ।
कैलाली त्रिनगर भन्सार नाकाको सुरक्षामा खटिएका सुरक्षाकर्मि भुपेन्द् खत्रीले भने, ‘अहिले घर फर्कनेको भिड नाकामा अनियन्त्रि छ । केहि दिन पछि जानेको भिड लाग्ला ।’उनका अनुसार त्रिनगर गौरीफन्टा नाकाबाट अहिले हरेक दिन एक हजारको हाराहारीमा भारतका बिभिन्न शहरबाट घर फर्किरहेका छन । ‘कोरोनाको कारण जागिर गयो भनेर घर फर्केका धेरै छन ’उनले भने ,‘कोहि माघी पर्वको कारण पनि घर फर्किरहेका छन । कोहि उपचार गर्न गएकाहरु हुन ।’
उनले भारतमा कोरोना कम भएपछि भारत जानेको भिड लाग्ने बढेपछि फर्कनेको भिड लाग्ने क्रम पहिलो कोरोना महामारी देखि निरन्तर रहेको बताए ।
फोटो क्याप्सन