धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको टोलीले अस्पतालको सेवा प्रवाहा सम्वन्धी बिबिधि जानकारी दिएका छन ।
अस्पताल प्रशासनले तयार गरेको सेवा सुधारसम्बन्धी अवधारणापत्र सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापालाई समेत पेश गरिएको छ।
मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल प्रशासनले नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधारलाई समेटेर कार्ययोजना तयार गरी मुख्यमन्त्रीसमक्ष पेश गरिएको हो ।शुक्रबार कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
उनले विशेषगरी अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा अस्पतालको भित्री र बाहिरी वातावरणमा सुधार गर्न निर्देशन दिए। अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै मुख्यमन्त्री भट्टले नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिए ।

इडटपेन 


इ-डटपेन 





