सुदूरपश्चिम प्रदेश सरकारमा ३ मन्त्री २राज्यमन्त्री थपिए

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री खगराज भट्टले ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । शुक्रबार अवेर बेलुका ९ बजे प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका छन् ।
मुख्यमन्त्री खगराज भट्टले शुक्रवा। आफनै पार्टी नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश रावललाई वनमन्त्री, ओमविक्रम भाटलाई भौतिक मन्त्रालय, खुसीराम डगौरा थारुलाई आन्तरिक मामिलामन्त्री र इन्दिरा गिरी तथा जानकीदेवी कुँवरलाई राज्यमन्त्री नियुक्त गरेका हुन ।