(धनगढी) कर्णाली नदीमा भईरहेको अनियन्त्रितउत्खन्नले राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाई आयोजनाको नहर जोखिममा परेको छ ।
कर्णालीको पुल देखि दुई भगालोमा बग्ने नदी पछिल्लो समय पश्चिम तर्फ मात्रै बग्न थाले पछि रानी जमरा कुलरिया नहर आयोजना जोखिममा परेको सिनियर ईन्जिनियर तोप बहादुर खत्रीले जानकारी दिएका छन । उनका अनुसार स्थानिय तह लम्की चुहा , जानकी र टिकापुर नगरपालिकाले पश्चिम तर्फको नदी किनाराको ढुंगा गिठ्ठी उत्खननको ठेक्का अनियन्त्रित भएकोले नदीको ८० प्रतिशत वाहाव पश्चिम तर्फ बग्न शुरु भएको छ ।

‘पुर्वि तर्फको भगालो तर्फ बर्दिया राष्ट्रिय निकुञ्ज परेकोले उत्खनन भएको छैन ’ उनले भने, उत्खनन नहुदा बर्षनी नदीले गाग्रेन पुर्वी भगालो तर्फ थुपारिदै गयो । अग्लो भई नदीको सम्पुर्ण पानीको वाहाव पश्चिम तर्फनैं ढल्किएको छ ।’उनले कर्णालीको पश्चिम तर्फ पानीको वाहाव बढेको कारण गत बर्ष देखि क्षेति समेत गर्दै आएको बताए ।
गत बर्ष कार्तिक २ गते जमराको मुहान नजिकबाट कर्णालीको बाढी पसेर फिडर नहरको केहि भाग रअन्य संरचना सहित १२ करोडको क्षेति पुगाएको उनले बताए । ‘यो बर्ष त्येति धेरै बर्षा नहुदा अहिले सम्म कर्णालीमा ठुलो बाढी आएको छैन’ उनले भने , तर बाढी आयो भने धेरैं ठाउबाट कर्णालीको बाढी पसेर नहरको संरचना बगाउने सम्भावना छ । कर्णालीको बाढीलाई समान्य तटवन्धले पनि रोक्न स्थिती छैन ।’ रानी जमराको मुख्य नहरबाट कर्णाली १ सय ७२ मिटरको दुरीमा कर्णाली नदी पुगिसकेको छ ।
रानी कुलो उपभोक्ता समितिका सचिव फुलराम चौधरीले कर्णालीको पश्चिम तर्फको उत्खनन रोकिएन भने नहरको मात्रैं नभएर टिकापुर नगरको भविश्य समेत जोखिममा पर्ने बताए । उनले कर्णालीको उत्खन्न स्थानिय तहले रोक्दैं पुर्वी भगालोको गेग्रानलाई खोल्न पर्ने आवश्यक रहेको बताए । ‘कर्णाली नदीलाई बरावर पुर्वी र पश्चिम भगोलोबाट बगाउनु पर्छ’ उनले भने,‘यतातिर सवैको ध्यान जान जरुरी रहेको छ ।’
उनका अनुसार कर्णाली नदीले पश्चिम तर्फको जमरा मुहान, भुराखानी , सन्कटी , साहिपुर, बनगाउ, अरुणाघाट लगायतका क्षेत्रबाट बाढी पस्ने बढी जोखिम रहेको आयोजनाका ईन्जिनियर खत्रीले बताए ।
टिकापुर,लम्की चुहा नगरपालिका र जानकी गाउपालिकाले कणाली नदीको पश्चिम भगालोबाट ढुंगा गिट्टी र बालुवाको बार्षिक ठेक्का लगाउदैं आएका छन ।स्थानिय तहले समय सयम अनुगमन नगर्दा समेत ठेकादार कम्पनीले जथाभावी उत्खनन गर्ने गरेको उपभोक्तासमितिका चौधरीको भनाई छ ।
‘स्थानियले आईए गरिएको ठाउ र बीच खोलाबाट ढुंगा उठाउने गरेको छ’ उनले भने, जस्ले गर्दा कर्णालीको पानीको वाहाव पश्चिम भगोलोमा बग्दा नहर क्षेतिलाई पुगाउन शुरु गरि सकेको छ ।’
उक्त तिन स्थानिय तहको आन्तरिक आम्दानीको प्रमुख स्रोतनै कर्णालीको ढुंगा गिटी र बालुका हो । बार्षिक एक करोडको हाराहारीमा स्थानिय तहले कर्णाली नदीमा ढुंगा गिट्टी र बालुवा उत्खन्नको ठेक्का लगाउने गरेको छ । टिकापुरनगरपालिका मेयर रामलाल डगौरा थारुले भने यो बर्ष कर्णालीमा ठेक्का लगाउने बताएका छन ।
‘कर्णालीको पानीको वाहाव पश्चिम तर्फ बढेको छ’ उनलले भने,‘त्यसैले ढुंगा तथा बालुवा उत्खन्नको ठेक्का नलगाउने भएका छौं ।’उनले ठेक्का नलगाउदा नगरपािलकाको बार्षिक ७० लाख आम्दानीको स्रोतमा घाटा भने ब्यहोर्नु परेको बताए ।
जानकी गाउपालिका अध्यक्ष गणेश चौधरीले भने गाउपािलकाको मुख्य आम्दानीको स्रोत कर्णालीनै भएकोले ढुंगा गिट्टीको ठेक्का नरोकेको बताए । ‘तर बतावरणिय मुल्याकन भएको ठाउ भन्दा बाहिर जथाभावी उत्खन्नलाई भने रोक लगाउछौ’उनले भने, ‘ठेक्कानै नलगाउने हो भने, झन चोरी निकासी बढछ ।’उनका अनुसार निर्माण काम रोकिन्छ र ? निर्माण काम नरोकिए कर्णालीकै ढुंगा र बालुकाको उत्खन्न पनि रोकिदैन । झन बालुवा ढुंगा चोरी निकासी बढने भएकोले गाउपालिकाले ठेक्का लगाउने निर्णय गरेको बताए । उनका अनुसार कर्णालीबाट एक करोड बराबरको आम्दानी हुने गरेको छ ।
लम्की चुहा नगरपालिकाका प्रबक्ता लव बहादुर शाहीले कर्णालीको पुल देखि ५ सय मिटर तलबाट ढुंगा गिटी र बालुकाको ठेक्का दिने गरेको बताए । ‘बार्षिक एक करोडको ठेक्का लाग्ने गरेको छ ’ उनले भने,‘ जभाभावी उत्खन्न रोक्नका लागि अनुगमन गर्ने गरेका छौं । हाम्रो साईडमा कर्णाली पश्चिम बगालोमा बढेको छैन । बरु पुर्वी तर्फ बढी बगेको छ । ’
पर्यावरण तथा संरक्षणकर्मि बिजय श्रेष्ठले लोभले लाभ र लाभले बिलापको स्थितीमा स्थानिय तहलाई नपुगाउस भने । ‘आम्दानी भएको छ भन्दैंमा कर्णालीबाट हुने जथभावी उत्खन्नलाई नरोक्ने हो भने, रानी जमरा कुलरिया आयोजनाको नहर मात्रैंनभएर त्यसको सिचिंत क्षेत्र समेत कर्णालीले बगाएर लैजान बेर लाग्दैन’उनले भने,‘त्यसैले कर्णालीको उतखन्नमा स्थानिय तहले रोक्नु पर्छ ।’

इडटपेन 









