मोहन बुडाऐर (धनगढी) कैलालीमा बुधवार दिनभर घाम पनि झुल्केको थिएन् , चिसो असाध्यै बढेको अवस्था थियो । कठ्याङग्रिदो चिसोमा सानासाना केटाकेटीलाई बोकेर जिल्लाको त्रिनगर –गौरीफन्टा नाकाबाट केहि नेपाली परिवार भारत पस्दै गरेको दृष्य निकै पिडादायी थियो ।
सुदूरपश्चिमका सात र कर्णालीका पहाडी जिल्लाबाट बसको यात्रा गरेर लालबाला सहित भारत पस्न लागेका नेपालीले अझै आफनो गनतब्यमा पुग्न १० देखी १६ घण्टा सम्म लामो बस र ट्रेनको यात्रा तय गर्नु पर्ने छ । घरबाट निस्कदा स्वास्थय गनतब्य सम्मको यात्रा पारा गर्दा सम्म चिसोले बिरामी पर्ने डर उनिहरुका अभिभावकमा पनि छ । तर लालबाला सहित चिसो मौसममा पनि घरबाट रोजगारीका लागि भारतका सहरमा कष्टकर यात्रा गरि निस्कनु पर्ने आफुहरु बाध्यता रहेको उनिहरु सुनाउ“छन ।
डोटी सिलगडीका ६० बर्षे हर्क बहादुर बिष्ट बुधवार त्रिनगर भन्सार नाकामा भारत पस्दै गर्दा भेटिए । मंगलवार रात्रीकालिन बस चेडर धनगढी आइपगेका हुन । दिनभर धनगढीमा घाम झुल्केन । चिसोले कठ्याङग्रदैं भन्सार नाका दिउसो ४ बजे पुगे । उनि भन्सार नाका पारी गौरीफन्टाबाट १० घण्टा राती बस चडेर भारतको डिल्ली पुग्ने छन । त्यहाबाट रेलको यात्रा गर्दै भारतको आन्द्रप्रदेशको तिलगंगा शहर रोजगारीका लागि जाने छन ।
उनी त्यहा बजारको चौकीदारीमा काम गर्छन । तिल गंगा शहरमा चौकीदारी गरेको उनलाई २० बर्ष पुग्न थाली सक्यो । आफनो जिवनको साठी पुग्दा उनले भारतमा ४० बर्ष काम गरेर आफु माथी आश्रित नेपाली परिवारको पेट पाल्न सकेको बताए । ‘जिवन भारतकै शहरमा काम गदागर्दै बित्ने भयो’ उनले भने,‘घरको आम्दानीले नपुग्ने भएपछि भारत पस्ने हाम्रो बाध्यता हो ।’
चुनाव अघि उनी घर आएका थिए । भोट हालेर पुनः भारत पस्न लागेका हुन । नेपाली नागरिक भएको नाताले भोट खसाल्न जहिलेनै देश फर्कने गरेको उनले बताए । ‘जति जोगी आए कान चिरेकै भने जस्तै नेपालमा नेता आफु मात्रै बन्ने देश बनाउने होइन न हामी भारत जानेको पिडा बुझन जान्छन’ उनले भने,‘तरपनि गाउघरमा चुनावी रौनक चलिरहदा धेरै भेटघाट र नेतालाई कुरा सुनाउने अवसर जुटने भएकोले घर फर्कनछु ।’उनले यसपाली आफनो क्षेत्रबाट चुनाव लडेका सवै दलका नेतालाई निकै आक्रोस पोखेर फर्कन लागेको समेत बताए ।
उनकै ज्वाई नाता पर्ने डोटी सिलगढीकै ३८ बर्षे तेज बहादुर बलायर पनि उनी संगै भारत पसिरहेको बताए । ‘रोजगारीका सम्भावना नेपाल केहि छैन’ उनले भने, ‘बिरोजगार भएर घरपरिवार चल्दैन ।’उनले चिसो मौसमको पिडादायी यात्रा होस वा कोरोना महामारीको भय जे भएपनि पेटका लागि चाहिने भोजन र भोजनका लागि चाहिने पैसा , पैसा कमाउन चाहिने रोजगारीका लागि भारत हामी सुदुरपश्चिमेलीको पुर्खाैली दुख्ख कहिले जाने हुन ? थहा नभएको बताए । उनका अनुसार आफु मात्रै आफना बाजे देखि कामका लागि भारत जादै आएको बताए ।
कैलाली साढेपानीका दिल बहादुर साउदले नेपालमा हुने परिर्वतन सरकारले भारत संग सम्वनधलाई राम्रो बनाउनु पर्ने धारणा राखे । कहिलेकाहि सिमा लगायत बिभिन्न कारणले दुई देश बीच तिक्तता पैदा भएपछि त्यसको असर प्रत्यक्ष भारतमा काम गरिहरेका नेपालीले समेत भोक्नु पर्ने उनको अनुभव छ ।
‘भारतले नाका बन्दी गरेको बेला भारतमा रहेका नेपालीले धेरै हेपिनु परेको थियो’ उनले भने, ‘ नेपालको नया सरकारले भारत संगको सम्वनधलाई बिकास गर्दै भारमा काम गर्ने नेपालीका समस्या बिषयमा बोली दिनु पर्छ ।’उनका अनुसार नेपाल सरकारले भारतमा काम गर्दै आएका नेपालीको मुख्य समस्या भनेको लुटिनु पिटुनु , ज्याला तथा श्रम नपाउनु , भारत सरकारबाट नेपाली श्रमले भारतिय श्रमिक सरह सुबिधा नपाउनु आदि रहेको बताए ।
कैलालीको त्रिननगर भन्सारबाट दिनहु तिन देखि चार सय नेपाली भारतका बिभिन्न शहरमा काम गर्न गइरहेको सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक –असई) मिन बहादुर ऐरले बताए । ‘चुनाव पछि भारत पस्नेको लर्काे ह्वात्तै बढेको छ’ उनले भने,‘ दिनदिन ३÷४ सय गइरहेका छन ।’
गौरीफन्टा नाकामा नास्ता पसल थापेर २० बर्ष देखि बस्दै आएका प्रेम बहादुर महरल यस्तो चिसोम पनि कोखे बच्चा सहित नेपाली भारत पस्ने गरेको पिडादायी दृष्यलाई निकायली राख्नु हाम्रो पनि नियती भईरहेको बताए ।
उनका अनुसार उहिले उहिले नेपाली चाडबाड र खेतीपातीको सिजन सकेर भातर पस्ने गर्दथ्ये । ‘अहिले त त्यस्तो देखिदैंन, दिन दिन हरेक महिना भारत पस्ने नेपालीमा खासै कमी आएको छैन’ उनले भने, ‘ कति भारत गइरहेका छन , कतै गाउ पुरै रित्तिउको जस्तो पनि लाग्छ ।।’उनले उमेर समुहका हिसावले कामकै लागि भनेर १२ बर्ष देखीका ७० बर्ष सम्मको भारत पसिरहेको बताए । महिलाको सख्या पनि उत्तिकै बढी रहेको उनको भनाई छ ।
‘आफनो पुरुष संग जाने परिवार बाहेक कामका लागि सिंगल भारत जाने महिला , किसोरी पनि देखिन्छन’ उनले भने, ‘ नेपालको बिरोजगारीको अवस्था नाकामै देख्खिन्छ ।’

इडटपेन 









