उद्योग ब्यावसायी द्धारा नेपाल सरकार संग गहुुंको आयतका लागि पहल गरि दिन आग्रह

(धनगढी) गहु को आयातका लागि भारत सरकार संग पहल गरि दिन मैदा उद्योग ब्यवसायी संघले नेपाल सरकारलाई आग्रह गरेको छ ।
भारत सरकारले गहुुं लगायतका खाद्यन्नमा नेपालका लागि ‘परिणात्मक बन्देज’ लगाउदै आएको छ । नेपाल सरकारको आग्रहमा भारत सरकारले गहुुंमा लगाएको ‘परिणात्मक बन्देज’ खोल्दै समय समयमा निर्यात स्विकृती दिदै आएको भने छ ।  नेपाल सरकारको पछिल्लो आग्रहमा गएको फागुनमा ५० हजार मेट्रिक टन गहुुं आयत भएको थियो ।
मैदा उद्योग ब्यवसायी संघले शुरु हुन लागेको चाडवाडलाई मध्यनजर गर्दै पुनः सरकारले भारतलाई गहुु“को निर्यातमा लगाएको बन्देज फुुकुवा गरि दिन अनरोध गरिरहेको उद्योगी एंव कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।
‘चाडवाडको बेला मैदाजन्य गहुु“को उत्पादनको खपत बढी हुुन्छ’उनले भने, ‘ नेपालको आन्तरिक उत्पादन सकिन लागि सकेको छ । सरकारले अर्काे गहुु“को नय“ा बालीको उत्पादन नआउदा सम्म अभावनै हुने भएकोले नेपाल सरकारले भारत सरकार संग पहल गरेर गहुु“ निर्यातमा लगाएको बन्देज फुुकुवा लागि पहल गरि दिन जरुरी छ ।’
गएको फागुुनमा मैदा उद्योग ब्यवसायी संघको आग्रहमा नेपाल सरकार द्धारा पहल भएपछि भारतले परिणात्मक बन्देज’मा ५० हजार मेट्रिक टन गहुुको निर्यात खोलेको थियो । उनका अनुसार भारतले ‘परिणात्मक वन्देज’मा खोलेको ५० हजार मे«िटक टन गहुु नेपालका सवै मैला उद्योगलाई कोटा निर्धारण गरि आयात गर्ने स्विकृती दिएको थियो । जसअन्र्तगत नेपालका २७ वटा मैदा उद्योगले आफनो कोटाको अधारमा भारतबाट गहुु आयात गरेका थिए । जसमध्ये सुदूरपश्चिमका २ वटा मैदा उद्योगले कैलालीको गौरी फन्टा भन्सार नाकाबाट कोटाको गहु आयात गरेका थिए ।
नेपाल सरकारले मैदा उद्योग संघमा आवद्ध भएका ४० वटा उद्योगलाई उत्पादन क्षेमताको ७ प्र्रतिशतका दरले कोटा निर्धारण आयात गर्ने स्विकृती दिएको थियो । जसमध्ये १३ वटा मैदा उद्योग नेपाल सरकारले गहुको कोटा निर्धारण गर्दा आयात निवेदन फाराम भर्न छुटेका छन । कोटाको गहुुको आयातको स्विकृती पाएका २७ मैदा उद्योगले आयत गर्न पाएका थिए ।
कैलाली भन्सार कार्यालयका अनुसार आर्थिक बर्ष २०८०÷०८१मा ६ हजार ३ सय ७७ टन गहुु“ आयात भएको छ । आर्थिक बर्ष २०७०९÷०८०मा २ हजार ३ सय ८३ टन मात्रै आयत भएको थियो । उद्योगी अग्रवालले माग अनुसार आयत पनि बढि रहेको उनको दावी छ । उनले मागलाई मध्यनजर गर्दै सरकार संग समयमै आयात गर्नका लागि भारत सरकार संग पहल गरि दिन अनरोध गरेको बताए ।