धनगढी– धनगढी उप महानगरपालिकाले आचार्य कृष्ण बहादुुर दमाईलाई सम्मान गरेको छ । मेयर गोपाल हमालले आचार्य दमाईलाई एक बिशेष कार्यधmमको आयोजना गरि नगद १ लाख ५१ ह्जार धनराशी सहित सम्मान पत्र शनिवार प्रदान गरेका हुन ।

आचार्य दमाईलाई नगरपालिकाको परिसर भित्र बाजागाजा सहित मेयर हमाल, कार्यपालिकाका सदस्यहरु र कर्मचारीले स्वागत गर्दै नगर सभा हलमा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ३ घर भएका आचर्य राजधानी काठमाण्डौमा आयोजना भएको कोटीहोम महायज्ञबाट चर्चामा आएका थिए । आचर्य दमाईलाई ब्यास पदमा बसेर प्रवचन दिएका थिए। उनले औपचारिक रुपमा आफनो जन्मभएको प्रदेशमा स्थानिय तहबाट सम्मान पाएको भने यो पहिलो पटक हो ।
आचर्य दमाई नेपाल सस्कृत बिश्वबिद्यालयबाटसस्कृत साहित्यमा आचार्य पास भएका हुन । दलित सामुुदायबाट आचार्य उपाधि प्राप्त गर्ने उनी नेपालका पहिलो नागरिक हुुन । सम्मान कार्यक्रममा आफनो धारणा राख्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सवै समुुदायले बिभेदलाई त्यागेर अगाढी बढनुु पर्ने बताए । उनले धनगढी उपमहानगर पालिका प्रति आफुुलाई सम्मान गरेको अभार समेत ब्यक्त गरे ।
मेयर हमालले जातिय बिभेद बढी रहेको भनिएको सुदूरपश्चिम समाजको सिल्पी समुुदायबाट आचार्य उपाधी गर्ने पहिलो ब्यक्ति थाहा पाएपछि सम्मान गर्न मन लागेको बताए । ‘आचार्य उपाधी प्राप्त गरेका आचार्य दमाईको जिवनपायनमा कष्टकर छ भन्ने सुुनिएको छ ’ मेयर हमालले भने, ‘ आचर्यको चाहाना भएमा धनगढी उपमहानगरले जागिर पनि दिन तयार छ ।’ कार्यक्रममा धार्मिक संघसस्था बोद्धिक ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।तस्विर सवै नगर प्रमुखका सचिवालय

इडटपेन 









