धनगढीमा नगर बस कुन रुटमा ?

धनगढी उप–महानगरपालिकाले कैलारी गा“उपालिकाको केन्द्र हसुलिया देखी गोदावरी नगरपालिकाको अत्तरिया सम्म रुटमा चल्न शुरु भएका छन । उप महानगरपालिकाका उपमेयर कन्दकला रानाले आइतवार धनगढी उपमहानगरपालिकाको १९ फुुलवारी बसपार्क नगर वसको औपचारिक उद्दघाटन गरेकी छिन ।
उप मेयर रानाले हरिया झन्डा देखाएर बसको औपचारिक उद्दघाटन गरेकी हुन । ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ।
नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्।
उक्त ६ वटा बसमा सिसि क्याम्मरा सहित जिपिएस जडान भएका छन । सुन्दर सुुदर पश्चिमलाई झल्काउने रहनसहन , कला सस्कृति र पर्यटकिय क्षेत्रका तस्विरहरुले बसहरु र¨ाइएको छ । उक्त बसमा सम्भावित आगलागीबाट बच्न अग्नी नियन्त्रण यन्त्र पनि राखिएको छ । चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ ।
जिपिएस जडानले गर्दा उप महानगरको एप्स प्रयोग गरि घरबाट को बस कह“ा पुुग्यो भन्ने जानकारी राख्न सकिने भएको छ ।
मेयर गोपाल हमालले उक्त रुटमा नगरवस सेवा सफल भएपछि उपमहानगरको वडा नम्वर १५, १६, १७, १८ लगायत ग्रामिण भेगका सडकमा समेत चल्ने बताए । नगर बस सेवाले ग्रामीण क्षेत्रबाट बिद्यालय , कलेज , अस्पताल र बजार आउजाउ र गाउ“को उत्पादन बजार सम्म पुुग्दा ग्रामिण क्षेत्र चलायमान हुने उनको दावी छ ।
। ‘आफुु मेयर निर्वाचित भएपछि पहिलो प्राथमिकता गाउ“ तथा ग्रामिण भेग परेको छ ’ मेयर हमालले भने, ‘ पहिलो बर्ष घुुम्ती बिशेषज्ञ वडा क्लिनिक , आमा बचाउ कार्यक्रममा प्रत्येक वडामा एम्वुुलेन्स लगायतका को स्वास्थय सेवा अवस्था सुधार्नमा लागे । दोस्रो बर्षमा सामुुदायिक बिद्यालयको शैक्षिकस्तर सुधारमा ध्यान दिएर शिक्षामा जोड दिए ।’उनले तेस्रो बर्ष सडक बाटोघाटो सहित यातायात सेवालाई ग्रामिण क्षेत्र सम्म बिस्तार गर्ने योजना अन्तर्गत नगर बस सेवा शुरु गरेको बताए।