धनगढी – सुदूरश्चिममा आइतबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष ०८१र८२ को बजेट पारित भएको छ ।
बजेट पारित भएसँगै दुई महिनाभन्दा लामो सचालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ९८ करोड २८ लाखको बजेट प्रस्तुत गरिएको छ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गएको सोमबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेका थिए। अधिकांश पुरानै योजनालाई सामावेश गरेर सुदूरपश्चिमको बजेट चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि प्रदेश सभामा पेस गरिएको हो। बजेट शून्यता हटेको हो ।
सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार अर्थात कुल विनियोजित बजेटको ४० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार अर्थात ५९ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ भने एक करोड बजेट विनियोजन गरिएको छ।
यस अघिका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वमा रहेको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि असार १ गते ३१ अर्ब ६२ करोडको बजेट पेस गरेको थियो। तर त्यसबेलाको सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएपछि बजेट पारित भएको थिएन ।
सोडारीले साउन १८ गते पदबाट राजीनामा दिएका थिए। साउन २१ गते एमाले र नागरिक उन्मुक्तिको साझेदारीमा कांग्रेसका कमलबहादुर शाह नेतृत्वको नयाँको सरकार गठन भएपछि सोमबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो। नयाँ सरकारले राजस्व संकलनसम्बन्धी अध्यादेश ल्याएर साउन २४ देखि राजस्व संकलनको गाँठो फुकाएको थियो। तर समयमा बजेट नआँउदा कर्मचारीले तलब पाउन सकेका थिएनन्।

इडटपेन 









