धनगढीमा शनिवारिय महिला मेला

धनगढी– धनगढी उप महानगरपालिकाले गृहणी महिलाको लागि आफनो कला सिप र पक्वानका लागि बजार स्थापना गरि दिएको छ ।

‘शनिवारिय महिला उद्यामी मेला’को आयोजना गरि उप महानगरले गृहणी महिलाले आफुसंग भएको कला सिपबाट बनेका हस्त समाग्री र घरमै पकाउन सकिने मिठो पक्वानलाई बेचेर आम्दानीको स्रोत बृद्धिका लागि बजार स्थापित गरि दिएको हो । धनगडी उप महानगरको वडा नम्वर १ पार्क मोड देखी कर्भड हलको फराकिलो सडक छेउछाउ महिला उद्यामीहरुले निशुुल्क आफनो स्टल राखेर आफनो उत्पादन सामग्री तथा पक्वान बिक्री गर्न सक्ने ब्यवस्था मिलाइ दिएको छ । यस स्थानमा उप महानगरले हरेक शनिवार २ बजे देखी बेलुका ६ बजे सम्म मेलाको आयोजना गर्दै आएको छ ।
मंसिर १गते शनिवार दिन देखी यस स्थानमा महिला उद्यमी मेला लागन शुरु भएको छ । तेस्रो शनिवार सम्ममा यस मेलामा नगरवासी गृहणी महिलाहरुको आर्कषण समेत बढेको छ । आफनो घरेलु उत्पादन सामग्री तथा पक्वानहरुको स्टल राखेर आफनो कारोवार गर्नेको सख्या समेत बढदै गएको छ ।
धनगढी उपमहानगर पालिका वडा नम्वर ३की बासिन्दा निर्मला सिहले गएको दुुवै शनिवार उक्त मेलामा सेलरोटी रोटी बेचिन । सेलरोटीका तयारी गरेर मेलामा स्टल राखेर बेच्दा उनी दंग थिइन । शनिवारका दिन परिवार बालबच्चा सहित बजार घुुम्न घुुुमाउने परिवारको मेला अवलोकन राम्रै देखिएको नगर प्रमुखका सचिवालयका सुरेन्द्र प्रसाद भट्टले बताए । ‘तिन शनिवार बितेका छन, यहा स्टल राखेर कारोवार गर्ने महिला उद्यमी खुसी नै छन’उनले भने,‘ अवलोकन कर्ता पनि पहिलो भन्दा दोस्रो र दोस्रो शनिवार भन्दा तेस्रोमा बढेको देखिन्छ ।’
धनगढी मोहनपुरकी उमा तमागले तेस्रो शनिवारको मेलामा अचारको स्टल राखिन । उनको पनि राम्रै करोवार भयो । सिता थापाले चटपटे राम्रै बेचिन । ‘घरमा बस्ने जुन महिलाको हातमा जे सिप , घरमा जे उत्पादन छ , कला र उद्यमता जे छ उस्का लागि शनिवारका दिन उप महानगरले बजार खोली दिएको हो’ मेयर गोपाल हमालले भने,‘ यसले महिलालाई उद्यमता तिर अग्रसर गर्दे आर्थिक रुपमा महिलालाई सवलिकरण गर्ने आशा बोकेका छौ ।
मेलामा महिलाहरुले हातले बनाएका कपडाका मोजा , रुमाल देखी टोपी सम्म , बास लगायत अन्य घासबाट बनाएका टोकरी देखी पातका टपरी सम्म यहा लिएर बेच्न शुरु गरेका छन । मेलामा गएको तिनै शनिवार ६० देखी ८० सम्म महिलाहरुले आफनो स्टल राखेका थिए । आफुले बनाएका बस्तुु , खाना तथा खाजाका स्टलहरु राखेका थिए । मेलाले घरमा बसेका बिरोजगार महिलाहरुलाई रोजगारीको सिर्जना गरेको धनगढी ५की रिता जोशीले बताइन । उनी सोचेको भन्दा बढीनै आम्दानी भएको उनी बताछिन । भन्छिन,‘ सवैका घरमा पाक्ने सेल रोटी पनि चल्यो , घरमै बसेर के गरु भन्ने महिला महिलाका लात बिक्री भयो ,
मेलामा उद्यमी महिलाहरुले उत्पादन गरेका सामग्री तथा परम्परागत खानपिनका स्टल संगै मेलामा सास्कृति कार्यक्रम समेत प्रदर्शन गरिदै आएको छ । बिभिन्न बिद्यालय , कलेज , क्लव , संघसस्थाबाट कलाकारहरुले आफनो सास्कृतिक कार्यक्रम प्रस्तुुत गर्दै आएका छन । शनिवार बिदाको दिन पर्ने भएकाले पनि घरबाहिर परिवार सहित बजार घुुमाउने परिवारका लागि यो रमाईलो स्थान पनि बनेको धनगढी ५का सिद्धराज भट्ट बताउछन । मेलामा बालबालिकाहरुका लागि प्ले स्टेशसन पनि राखिएको छ । मेलामा अवलोकनकर्ताको सजिलोका लागि पानी, शौचालय , बस्न टेन्ट र कुर्सि , उजालोको ब्यवस्था संगै स्वास्थ्यकर्मिहरुको टिम पनि राखिएको छ ।
तत्काललाई धनगढीका महिलालाई प्राथमिकताका राखेर स्टल राख्ने ब्यवस्था गरिएको भएपनि बिस्तारै मेलाको क्षेत्रफल बढाउदै अन्य पालिकाका महिलालाई पनि स्टल राख्न दिइने उपमहानगरले बताएको छ । मेयर हमालले महिला मात्र सहभागी हुन पाउने यो मेला उद्देश्य महिला स्वरोजगार रहेको बताए । उनका अनुसार यो मेला हरेक शनिवार लाग्ने बताए ।
सवै तस्विरहरु तथा भिडियोहरु मोहन बुुडाऐर