धनगढी-नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन ।
अध्यक्षमा निर्वाचित शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ हजार मतमात्र पाए । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ४२ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत पाएको निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जनाए ।
समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
सुुदूरपश्चिममा शाहा
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन्। उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन्। उपाअध्यक्षमा मान बहादुर साउद , उपाअध्यक्ष (महिला)मा हेमन्ती डगौरा चौधरी, कोषाअध्यक्षमा बरुण पनेरु , सचिवमा धनराज साउद समावशी सचिवमा इनद्राकुमारी के सी निर्वाचित भएकी छिन ।
कैलाली जिल्लामा देउवा
महासंघको कैलाली जिल्ला शाखामा अध्यक्षमा श्रवण देउवा र्निबिरोध निर्वाचित भएका छन । सचिव पदमा तेजराज भट्ट, उपाध्यक्षमा बिराज रोस्यरा , सहसचिवमा शंकर बोहरा ,कोषाअध्यक्षमा सुनिल आउजी , निर्वाचित भएका छन ।

इडटपेन 


इ-डटपेन 






