धनगढी -स्थानीय अग्र्यानिक परिकार र गुणस्तरिय स्वाद दिने उदेश्यका साथ चार बर्ष अघि धनगढीमा शुरु गरिएको चिया कफी घर ब्रान्डेड बन्दैगएको छ ।
निजामति कर्मचारी सेवामा कार्यरत खेमराज जोशीले धनगढीको मातपोत रोडमा चिया कफी घर सञ्चालनमा ल्याएका थिए । चार बर्षमा तेश्रो कफी घर धनगढीको एलएन चोकमा बिहीवारदेखि शुरु भएको छ ।

कोभिडले थिलाथिला पारेकै बेलामा जोशीले २०७७ चैतमा मालपोत छेउमा चिया कफी घर शुरु गरेका थिए । कोभिडको प्रभाव कायमै रहे पनि मट्का चिया, मकै, कोदो, गहुको रोटी सहितका नास्ताले ग्राहकको मन जित्न सफल भयो । मालपोत रोडको चिया कफी घरको सफलताले उत्साहित जोशीले गत बर्ष ९२०८० फागुनमा नवजीवन अस्पताल अगाडी चिया कफी दरबार शुरु गरे । चियाकफी दरबारमा चिया, कफी, मकै, कोदोको रोटी, निस्याउरो सहितका परिकारले पनि छिट्टै ग्राहकक आकर्षण बढायो ।

मालपोत रोड र रातोपुलको सफलताले धनगढीको केन्द्रमा रहेको एलएनचौकमा पनि सेवा बिस्तार गर्न जोशीलाई बल पुगेको हो । “एलएन चौक धनगढीको केन्द्र हो, यहा सेवा बिस्तार गर्न पाइ हुन्थ्यो भन्ने सधै लागिरहन्थो ।” जोशीले भने “त्यसैले एलएन चौकमा पनि चिया कफी घर शुरु गरिहालें ।”
आफनो काम सानो लगानीमा चिया कफी शप शुरु गरेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश रहको जोशी बताए । “आफनै देशमा मेहनत गर्नु पर्छ आफ्नै देशमा लगानी गर्नु पर्छ ।” जोशी भन्छन् “करोडौ लगानी गरेर बिदेश उड्नु भन्दा करोडौ लगानी गरेरआफ्नै देशमा केही गर्न सकिन्छ ।”
आफ्नै ठाउमा पनि काम गर्न सकिन्छ भनेर चिया कफी घरको बिस्तार शुरु गरेको जोशी बताउँछन् । “काम भएन भनेर बिदेशिनेहरु बढ्दै छन् ।” जोशीले भने “थोरै बजेटमा पनि आफ्नै ठाउँमा काम गर्न सकिन्छ, आम्दानीको श्रोत हुन सक्छ भनेर चिया कफीको सेवा बिस्तार गरेका छुँ ।”
जोशी निजामति कर्मचारी संघ कैलालीका अध्यक्ष हुन् ।

इडटपेन 


इ-डटपेन 






