धनगढी -पुसको अन्तिम दिन सुुर्य उतरायण हुन्छन । यसै दिन हिन्दुु ज्योतिशास्त्रले सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाइ मकर संक्रान्ति , माघको पहिला दिनलाई कुनै समुदायले माघे संक्रान्ति र माघी को रुपमा आफनै मौलिकतामा मनाउने चलन छ । माघी नेपालका तराई समुदायका आदिवासी थारुले बिशेष रुपमा मनाउने मात्रै गर्दैन । यस दिन उनिहरुको घर देखी समाजको मुख्याछनौट हुन्छन । जसलाइ भलमन्सा , बडघर आदि नाम दिई एको हुन्छ । लोकतान्त्रिक पद्धती अनसार माघीको दिन भलमन्सा , बडघर छनौट हुने गरेका छन । भलमन्सा संगै बैध्य गुरुवा वाको पनि छनौट हुने गर्छ । सर्वसम्मत ढंगले नभए चुुनावनै हुने गरेको छ । पछिल्लो समयमा भलमन्सामा महिला पनि छनौट हुन थालेको छ ।
यस दिनबाट
‘थारुहरुले आफनो नया बर्षको रुपमा समेत मनाउने गरेका छन । ‘माघीलाई धुमधाम साथ मनाएर, गाउघरका सवै थारु परिवारले आफनो मुख्या छान्ने बिषयमा बहस शुरु हुन्छ’भजनी थापापुरका हेरुलाल डगौराले भने, ‘भलमन्साको बार्षिक समिक्षा पछि लोकतान्त्रिक बिधिबाट नया वा पुरानैलाई छनौट गर्ने गरिन्छ ।’ उनका अनुसार अहिले ससंदमा निर्णायक रुपमा प्रस्तुत एजेन्डालाई जसरी बहुमत ध्वनी मतले पास गर्दा हुन्छ वा हुदैन भन्ने चलन छ । त्यसगरि नया भलमन्सा वा पुरानैलाई कामय गर्न पनि ‘हुन्छ वा हुदैन’ भनेर ध्वनी मत प्रकट हुन्छ । बहुमत ध्वनी मतका अधारमा भलमन्सा वा वडघर छनौट हुन्छन ।
अहिले केहि थारु बस्तीमा मतदानको प्रकृयाबाट पनि भलमन्सा वा बडघर निर्वाचित गर्न पनि शुरु भएको हेरुलाल बताए ।
उनले पछिल्लो समयमा थारु समाजमा पुरुस मात्रै भलमन्सा हुने प्रचलन पनि हटदै गएको बताए । गएको बर्ष महादेउलीमा
सुमित्रा चौधरी महिला भलमन्साको चुनावमा उम्मेदवार भएकी थिएन । तर थोरै मतले पुरुस उम्मेदवार लेखराम चौधरी जितेको बताए ।
‘उहिले उहिले भलमन्सा , बडघर छनौट सर्वसम्मतढंग बाट हुन्थ्यो’ भजनी कटानपुर पुर्व भलमन्सा शुनिल कठरियाले भने, ‘यसले जमिनदार थारु किसनुवाको परिवाजनबाट भलमन्साको ‘लेगिसी’ रहन्थ्यो ।’ उनले समयानुसार भलमन्सा लेगिसी थारु समाजमा पनि कमै भेटिने बताए ।
उनका अनुसार थारुमा पढेलेखेका पुस्ताले भलमन्साको छनौटलाई बढी लोकतान्त्रिक बनाउनका लागि परम्परागत भलमन्सा छनौटको बिधिमा सुधार गर्दै ल्याएका छन ।
‘
‘
थारु बुद्धिजिवी बुद्धिलाल थारुले तराईका धर्तिपुत्र,आदिवासी थारु समुदाय भित्र ‘भलमन्सा’ रिवाज समाजिक शासन पद्धतिको रुपमा रहेको बताए । कहिका थारुले ‘वडघर’ समेत भन्ने गर्छन । ‘भलमन्सा÷वडघर जे भनेपनि यो पद्धतिले थारुको बस्तीमा थिती बसाउने काम गरेको छ’उनले भने, यो लोकतान्त्रिक पनि छ ।’
भलमन्साको काम र कर्तब्य
भजनी थापापुरका पुुर्वभलमन्सा ६५ बर्षे सिताराम चौधरीका अनुसार भलमन्साले गा“उको झै झगडा मिलाउनें , गा“उलेलाई समाजिक कार्यमा लगाउनें जस्ता मुख्य काम गर्छन। थारु समाजमा भलमन्साको आदेशलाई सवैंले मान्नु पर्छ । ‘भलमन्साको काम गा“उका हरेक समस्या संग जुद्धने हो’ उनले भने,‘एक प्रकारले भलमन्सा गा“उको परिचालक पनि हो ।’
भलमन्सा रोहोबर बिना गा“उमा बिवाहा जन्ती समेत हुदैंन । थारु समाज भित्र अन्यायमा परेकालाई न्याय दिने सवालमा दण्ड जरिवना समेत भलमन्साको आदेशमा हुन्छ । गाउको बिकास वा अन्य समाजिक कार्य जनताको श्रमदानबाट गरिने काम भलमन्साको आदेशमा हुने गरेको उनले बताए । वडा अध्यक्ष तथा सदस्यहरुले समेत थारु समुुदायमा कुनै कार्य गराउनु पर्ने भए“, भलमन्सालाई अगाढी सार्नु पर्ने हुन्छ ।
भलमन्साका सहियोगीका लागि चार जना ‘चिराकी’ र गुरुवा हुन्छन । ‘चिराकी’को मुख्य काम भलमन्साको उर्दि र सूचनालाई सवैको घर– घर पुुगाउने हो । ‘गुुरुवा’ धामी झाक्री , औषधी मुलो , बैद्य मध्येका छानिने गर्छन । चौधरीले अहिले कयौं गाउ“मा ‘चिराकी’ पद हटाइ सकेको छ । त्यसको ठाउमा कमिटी बनेको छ । गुरुवा गाउका सवै बैद्यहरु पर्ने गरेको बताए ।
उनका अनुसार साठीको सत्तरीको दशक पछि चिराकी पद भलमन्साले हटाउदै गएका हुन । ‘उहिले अहिलेको जस्तो मोवाइल लगायतका सञ्चारका साधन थिएन’ थापापुरमा पुर्व चिराकी लाल बहादुर चौधरीले भने, ‘घर घर पुुगेर भलन्साको उर्दि , सूूचना दिनुु पर्ने हुन्थ्यो ।’
घरको किसनुवा छनौट
माघीको दिन गाउको मुखिया भलमन्सा छनौट भएजसरी नै घरमा किसनवा छनौट हुने गरेको छ । अन्य समुुदायको जस्तो घरको जेष्ट सदस्य घरमुली अर्थात किसनवा हदुैन । थारु परिवारमा घरको सवैभन्दा बढी पढेलेखेको जान्नेबुुझने सदस्यलाई घरको मुली घोषित गर्ने चलन छ । घरको मुलीलेनै घर परिवारको सदस्यमा उत्पन्न आपशी मनमेटावलार्य मन्थर पार्ने मिलाउने काम गर्छ । घरका बालबालिका बाहेक महिला पुरुषको कामको जिम्मेवारी बाढफाढ गर्ने काम गर्छ ।
पढेलेखेका बैकिंग तथा अन्य ब्यवसायिक कारोवार तथा बाहिरको रोजगारी मुलुक काममा खटाउने चलन । भने अदक्ष् जनशक्तिलाई किसानी काममा खटाउने छलन । महिलाको घर भित्रको काममा पनि सजिलो पार्न लागनी चुलो देखी दाउरा घास
ल्याउने काममा महिनावारी रुपमा फेरबदेलद हुने गरि बाढफाढ गरिन्छ ।
माघीकै दिन घर फुटछ
थारु परिवारमा घर परिवारका कुनै सदस्यले छुुटिने अलग बस्ने निर्यण गरेमा माघीकै दिन रोज्नुपर्ने चलन छ । अधिकांस संयुक्त परिवारमा बस्ने थारु परिवार फुटेमा माघीकाृ दिन फुटने भएकोले माघी कसैको घरमा नराम्रो भएपनि आउने गरेको हेरुलाल डगौराले बताए ।

इडटपेन 









