अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

धनगढी, माघ ०३ स् क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते ९फेब्ररी १ देखि १०० सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । आज धनगढीको धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो । यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भईसकेका छन् । मैदानमा दर्शकहरुलाई बस्नका लागि कृक्रिम प्याराफिट पनि जडान गरिसकिएको छ ।’ अध्यक्ष शाहीले भने– ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरु अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतिक्षामा रहने छौं ।’

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर ९सीईसी० काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीको नेतृत्वमा क्रिकेटको शहर धनगढीमा नेपालमा अक्सनको सुरुवात हुदैं धनगढी प्रिमियर लिग ९डिपिएल० को आरम्भ गरिएको थियो । नेपाली क्रिकेटको विकासमा कोसेढुंगा सावित भएका धनगढी क्रिकेट लिग, एसपिए कप लगायतका प्रतियोगिताहरु पनि उनकै नेतृत्वमा सफल आयोजना भएको थियो । शाहीले धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन ड्रिम फाप्लाको अभियानदेखि हाल धनगढीमा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहद्धारा ट्रफी अनावरण


गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले ट्रफी अनावरण गरेको हो । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गरे । धनगढी क्रिकेट एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले ट्रफी अनावरण गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसला मिल्ने बताए ।

मुख्यमन्त्री शाहले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भने, ‘यो आयोजनका लागि आयोजकलाई धन्यवाद । प्रदेश सरकार आफ्नो तर्फबाट सहयोग समर्थन गर्न सदैव तयार रहेको छ । आम क्रिकेट प्रेमी जनमानसमा बढी भन्दा बढी सहभागिता र सहयोगका लागि आह्वान गर्दछु ।’

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धा, अर्जुन खड्का
सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो । एकताका विश्व क्रिकेट जगतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेट जगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै यही जीवन समर्पण गरेर अस्ताए । उनले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए भने पछिल्ला ५ बर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए ।

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका वुवा काम गर्थे । त्यैं कमाईबाट उनका वुवाले धनगढीमा घरघडेरी जोडेका थिए । उनी १८ बर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गति लियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । जीवनका घुम्तीहरुमा बाँचुन्जेल अर्जुन खड्काले कहिल्यैं ब्याट र बलमा हात छोडेन्न । जीवनभर क्रिकेटसंग जोडिएर नै रहें । त्यही भएर सुदुरपश्चिमको क्रिकेटमा उनी जीवन्त बाँचेका छन ।