धनगढीमा सीप तथा रोजगार मेला लाग्ने

धनगढी धनगढी उपमहानगरपालिकामा माघ २१ देखि सीप तथा रोजगार मेला लाग्ने भएको छ ।


धनगढी उपमहानगरपालिकाको आयोजनामा बिभिन्न सहकारी तथा बिकास साझेदार संघ सस्था सहकार्यमा माघ २१ गते देखि मेलासञ्चालित हुने छ । मेलामा दिईने सीपको तालिमका लागि अनलाईन फाराम भर्ने ब्यवस्था मिलाइएको छ । अनलाईनमा पहचु नहुनेहरुका लागि आफनै स्थानिय तहको रोजगार शाखामा निवेदन दिन सक्ने छन ।
उक्त मेलाबाट स्वरोजगार मुलुक सीप प्राप्तका लागि अहिले धनगढी उपमहानगरमा राखिएको क्याम्पमा बुुझन आउने बिरोजगार युवा युवतीको सख्या बढदै गएको मेलाका संयोजक चन्द्र महराले जानकारी दिए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वै स्थानिय तहका बिरोजगार युवाहरुले मेलाबाट रोजगार सम्वन्धी तालिममा छनौट हुने मौका पाउने छन । उनले छनौटमा परेका१ हजार एक सय २२ जनालाई तालिम प्रदान गरिने बताए । तालिममा सहभागी हरु १८ बर्ष देखि ४० बर्ष सम्मका रहनुपर्ने छ । मेलामा तालिम लिने युवायुवीलाई २९ बिधामा स्वरोजगार तालिम दिईने छ । अटोमोवाईल्स तर्फ २५, बिद्युतिय कार मर्मत तर्फ २५, मोटरसाईकल र स्कुुटर तर्फ ४४ , र्मिाण क्षेत्र अन्र्तगत डकर्मि , टायल तथा मार्वल फिक्स्चर समानमा ८८ , फर्निचर, पेन्टर र विल्डिङ तर्फ २५÷२५ , प्लम्विङमा ४४ गरि कोटा निर्धारण गर्दै बिभिन्न २९ बिधामा १ हजार एक सय २२ जनालाई तालिम प्रादन गरिने भएको छ ।
यस्तै मेलामा अतिथि सत्कार क्षेत्र अन्तर्गत कफि बारिस्ता, फास्टफूड, बेकरी, वेटर तथा रिसेप्सनिष्ट÷फ्रन्ट डेस्कका लागि समान ४४र४४ जनालाई तालिम दिइने महराले बताए ।
सूचना प्रविधि क्षेत्रको डिजिटल मार्केटिङ, हार्डवेयररनेटवर्किङ तथा ग्राफिक डिजाइनिङमा ४४ जनाका दरले तालिम दिइने संयोजक महराले बताए।सिप तथा रोजगार मेलामा ४४ जनालाई इसिडी शिक्षक तालिम, पुरोहित तालिम २५ जना, लेखा व्यवस्थापन ४४ जना, सौन्दर्य क्षेत्र अन्तर्गत एडभान्स ब्यूटिसियन ४४ जना, हेयर कटिङ स्टाइलिङ ४५ जना र नाई तालिम २५ जनालाई दिइने छ। यस्तै, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तर्गत ४४ जनालाई फेसन डिजाइनिङ, ६६ जनालाई सांस्कृतिक पोसाक निर्माण तालिम तथा २५ जनालाई बेतबाँसका सामग्री बनाउने तालिम दिइने महराले बताए। उनले भने, ‘तालिमका सहभागीहरूको सिप परीक्षण र अभिमुखीकरण पश्चात् दुई दिने रोजगार मेला लगाएर रोजगार दाता मार्फत सिधै रोजगारीमा जोडिने अवसर समेत दिनेछ।’
सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिका–१ खुला मञ्चमा लाग्ने छ। मेलाको तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।