धनगढीमा सिप मेला सुरु

धनगढीः धनगढीमा सिप मेला सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा सिप तथा रोजगार मेला सुरु भएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका छन। सुदूरपश्चिमका ३९ स्थानीय तहबाट एक हजार ४० जना युवा सिप सिक्न धनगढी आएका छन्।
दक्ष जनशक्ति उत्पादनका लागि समय अवधि कस्तो हो रु’नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम सुरु भएको हो। धनगढीमा एक महिनासम्म तालिम सञ्चालन हुने छ।

अन्तिममा रोजगार दाताहरूलाई बोलाएर उनीहरूको बिचमा समेत अन्तरसंवाद हुने छ। बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए। धनगढीमा ४० दिनसम्म सञ्चालन हुने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए। तर, ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने छ। स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको हो।