कैलालीमा काग्रेस निकट नेपाल बिद्यार्थि संघ अग्रस्थानमा एमाले निकट बिद्यार्थि संगठन माओवादी भन्दा कमजोर देखियो

धनगढीः कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु(को नयाँ नेतृत्व अहिले सम्म सार्वजनिक भएका क्याम्पसहरुमा कैलालीमा काग्रेस निकट नेपाल बिद्यार्थि संघ अग्रस्थानमा आएको छ । एमाले निकट बिद्यार्थि संगठन माओवादी भन्दा कमजोर देखिएको छ । सार्वजिक भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम मा नेपाली कांग्रेस सम्बद्व नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जित निकालेको छ। अहिले सम्म नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा जित निकाल्न सकेको छैन् .

नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी झंकर बुढा जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टिकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री जितेको छ।धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको टिमले अग्रता लिईरहेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ। अखिलले लम्की बहुमुखी क्याम्पसाा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी र सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम जितेको छ।चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १२५ बराबर ल्याएका छन्। त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ।घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन्। ।