प्रदेश प्रमुख द्धारा डिजिटल प्रविधि द्धारा नास्टको रजत समारोहको समुद्घघाटन


धनगढी –नेशनल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट )ले आफनो स्थापनाको अढाई दशक पार गर्दै भब्यताका साथ रजत जयन्ती मनाएको छ ।सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मिय‘ाले डिजिटल प्रविधि द्धारा समुद्घघाटन गरे ।


प्रदेश प्रमुख मिय‘ाले मेवाईलमा ‘स्वीच अन ’ गरेर एकेडमीको २५औ रजतजयन्तीको पर्दापरण गर्दै उद्घाटन गरेका हुन । ड्रोन द्धारा अटोमेटिक राष्ट्रि«य झन्डाको झन्डोतलन गरि राष्ट्रि«य झन्डा ड्रोनले फरफराउदै उडाइएको थियो । प्रमुख अथिती प्रमुख प्रमुख मिय‘ाले यस एकेडमीको स्थापनाले गुणस्तरिय शिक्षाका लागि अभिभावक र बिद्यार्थिहरुले कलेज खोज्दै बाहिर जानुपर्ने / पठाउनुपर्ने बाध्यतालाई दूर गरेको बताए ।


‘उहिले हाम्रा पालामा स्कुुल खोज्दै जान्थ्यौं, अहिलेस्कुल /कलेज बिद्यार्थ खोज्दै आएका छन’ उनले भने, अध्यायनका लागि अहिले नास्ट जस्ता कलेज घर आगनमैं छन , अव बिदेशमा पढने रहर र लहरलाई अभिभावक र बिद्यार्थिहरुले रोक्नुु पर्छ ।’


प्रदेश प्रमुख मिय‘ाले अहिले मुलुकको एक प्रमुख समस्या रोजगारी र अध्यायनका नाममा बिदेशिने भएको बताए ।

उनले रोजगारीका लागि बिदेसिनेहरुबाट ‘रेमिटेन्स’ त भित्रिन्छ तर अध्यायनका लागि बिदेशिनेहरुले बुवाआमाले आर्जेको घरजग्गा बेचेर उल्टै नेपाली पैसा बिदेश पठाउनु परेको छ । त्यसैलेपनि अध्यानका लागि बिदेशिने लहर र रहरलाई रोक्दै एकेडमी जस्ता आफना देशका राम्रा कलेज स्कुलमा पढनुु पर्नेमा उनले जोड दिए ।


सुदूरपश्चिम प्रदेश राज्यमन्त्री प्रकाश बमले यस एकेडमी स्थापनाले प्राविधिक शिक्षामा सुदूरपश्चिम प्रदेशका बिद्यार्थिहरुलाई राजधानी लगायत बाहिरी शहरका कलेजमा पढन जानेलाई रोकेकोमा प्रशंसा गरे ।

उनले अति गरिव बर्गका छोराछोरीलाई पनि छात्रबृति कोटा बढाएर पढने अवसर अझ बढी प्रदान गर्न सञ्चालक समितिलाई अनरोध गरे ।यस अवसरमा सञ्चालक समितिका सदस्य डा. दिर्घसिह बम ले सुदूरपश्चिमेली जनताले यस एकेडमीलाई निजी /प्राईभेटको रुपमा नहेरेर , साझा सम्पती रुपमा हेरिदिन अनरोध गरे ।


रजत जयन्ती समारोहमा सञ्चालक समितिका सदस्यहरु डा. ज्योति शेरचन डा. सुसिला मल्ल, र यस क्षेत्र प्रबुद्ध ब्यक्ति डा. हेमराज पन्त लगायतले मनतब्य ब्यक्त गरे । समारोहको अध्यक्षयता एकेडमीका अध्यक्ष डा.चेतराज पन्तले गरेका थिए ।


एकेडमीका बिद्यार्थिहरुले समारोहमा नेपाली कला र सस्कृति बिबिधतामा एकताको सन्देश दिदै बिभिन्न लोक सस्कृति झल्कने झ‘ाकी र नृत्य प्रस्तुुत गरेका थिए । शुुभकामना मनतब्य र पुरस्कार बितरण कार्यक्रमको बिचमा प्रस्तुुत गरि समारोहलाई मनोरन्जन समेत प्रदान गरिएको थियो ।

कलेजका पुर्व बिद्यार्थि र अभिभावकहरुलाई सम्मानका साथै बिभिन्न खेलकाप्रतियोगितामा प्रमथ द्धितिय र तृतिय भएका खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको थियो ।


सुदूर र मध्यपश्चिमको पहिलो कम्प्युुटर इन्जिनियर स्नातक तहको पढाइ शुरु गरेको यस एकेडमीले आफनो २५ बर्षको यात्रामा सिभिल इन्जिनियरि¨ देखि एम.बि.ए. सम्मको चार संकायमा शिक्षा प्रदान गर्दै आएको छ ।

 


सुदूर र मध्यपश्चिमको पहिलो कम्प्युुटर इन्जिनियर स्नातक तहको पढाइ शुरु गरेको यस एकेडमीले आफनो २५ बर्षको यात्रामा सिभिल इन्जिनियरि¨ देखि एम.बि.ए. सम्मको चार संकायमा शिक्षा प्रदान गर्दै आएको छ ।
पोखरा बिश्व बिद्यालयबाट मान्यता लिई धनगढी–४ उत्तरबेहडी स्थित एक भाडाको घरमा ३२ जना बिद्यार्थिहरुबाट कम्प्युटर इन्जिनियर शिक्षा दिन शुरु गरेको यस एकेडमी संग हाल २ हजार भन्दा बढी बिद्यार्थिहरु रहेका छन । बेहेडीमैं आफनो ८ कट्टा जग्गामा सुबिधा सम्पन्न तिन थाले चार वटा भवन सहितका सरंचनामा बिद्यार्थिहरुलाई स्मार्टबोर्ड र प्रोजेक्टर द्धारा शिक्षा प्रदान गर्दै आएको छ । गुणस्तरीय र प्रबिधि युक्त शिक्षाले बिद्यार्थिहरुको बढ्दो चापलाई थेग्न आफननो संरचनाको बिस्तारका लागि धनगढी कै मोहननपुरमा ६ बिगाहा जग्गा समेत बिनी सकेको छ ।
कुनै बेला उच्व शिक्षाका लागि राजधानी काठमाण्डौ र भारतका बिभिन्न शहरमा जाने सुदूर र मध्यम पश्चिमका बिद्यार्थिहरुलाई यस एकेडमीले थोरबहुुत रुपमा भएपनि रोक्ने काम गरेको यस कलेजका प्रिंसिपल प्रेम बहादुर चन्द बताउछन । पछिल्लो समय शिक्षाको हव बन्दै गरेको सुदूरपश्चिमको राजधानी धनगढीमा स्थापित यस एकेडमी बिद्यार्थिहरुको पहिलो आर्कषण रहेको बढदो बिद्यार्थिहरुको चापले समेत बताउने गरेको छ भन्छन प्रन्सिपल चन्द ।