धनगढी -गोदावरी नगरपालिकाले बिद्यालय शिक्षक, लेखापाल तथा कार्यालय सहयोगीहरूलाई समेटेर योगदानमा आधारित नागरिक पेन्सन योजना लागुगर्ने जनाएको छ ।
नागरिक लगानी कोषसँगको सहकार्यमा यो योजना प्रारम्भ गरेको हो । यसले बिद्यालयका शिक्षक , लेखापाल र कर्मचाीहरु सवैले सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूको आवद्धता हुन पाएका हुन ।
नागरिक लगानी कोष संगको सम्झौता पत्रमा नगर प्रमुख बिरेन्द्र भट्ट, उप–प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्षहरू, साथै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, उप–निर्देशक नारायण प्रसाद घिमिरे, र शाखा प्रमुख हरिशचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। समाजिक सुरक्षाकोषमा बिदालयका सवै प्रकार अस्थायी स्थायी र कर्मचारीलाई सुबित्रा उपलब्ध गराउने यो देशकै पहिलो नगरपालिका समेत बनेको छ ।

इडटपेन 









