१८औं गभर्नरमा पौडेल नियुक्त

धनगढी — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दल कांग्रेस र एमाले बीचको सत्ता गठवन्धनको सम्वन्धमा समेत प्रभाव पर्ने देखिएको थियो ।दुइ महिना पछि काग्रेसको कोटाबाट उनी गभर्नर नियुक्त भएका हुन ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो ।चैत ११ गते गभर्नर सिफारिस समिति गठन भए पनि गभर्नर नियुक्त हुन सकेको थिएन ।  गभर्नर नियुक्तिमा ढिला हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो
लामो रस्साकस्सी  पछि काग्रेसको भागमा परेको गभर्नर पदका दावेदारका रुपमा पौडल नाम अघि सारिएको थियो । यस अघि उनी  गर्भनरसिपारिस समितिमा थिए । उनले आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि वैशाख २८ मा समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख ३१ मा अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गठन गरेर समिति सदस्यमा पोषराज पाण्डे नियुक्त गरेका थिए ।

सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । ।