धनगढी – कैलारी गाउँपालिका वडा नम्वर –६ बेनौलीका स्थानिय खेतमा लाग्ने कुलोको सफाइ गर्न गएको साताभरि ब्यस्त भए । उनिहरु साताका सातै दिन घरबाट महिला वा पुरुष मध्ये एक जना हातमा फरुवा लिएर श्रमदानका लागि निस्केका थिए ।

मनसुन पनि सूरु भएकोले स्थानिय जंगल भित्रका तालतलियाको संचित हुने पानीलाई स्थानियले रोपाई गर्ने चलन छ । बेनौलीका स्थानिय पनि संचित हुने जंगलका तालतलियाको कुलोमा पानीबाट रोपाइ गर्न खेतमा लाग्ने कुुलो र त्यसका लागि जंगलमा बाध्नुु पर्ने बाधका लागि साताभर श्रमदान गरिरहेका हुन ।

‘बर्खामा जंगलको तालतालियमा हुने संचितपानीबाट रोपाई सूुरु गर्न श्रमदानमा जुटेका छौं’ गाउँका भलमन्सा पहलमान चौधरी भने ‘ जंगलको संचित पानीलाई कुलोमा बगाउने र रापाई गर्ने चलन परापुर्व देखिकोनै हो भन्दा हुन्छ ।’ उनले सवैको खेतमा लाग्ने कुलो पनि श्रमदानबाटै बनेको बताए । हरेक बर्ष कुलोको सफाई पनि गाउँले आफैले श्रमदानमा गर्दै आएको उनी जानकारी गराउछन ।

उनका अनुसार कुलोको सफाई र तालतलियाको पानी कुलोमा बगाउन बाध बाध्न माटो र घास मिसाएर बाधिने कच्ची बाध श्रमदानबाट निर्माण गर्ने काम श्रमदानबाटै हुने गरेको छ । उनले श्रमदानमा नआउने परिवारका सदस्यले आर्थिक सहियोग गर्ने गरेका छन । ‘एक दिन हाजिर नहुने परिवारले एक सय रुपैया दिनुु पर्ने भनेका छौ ’ उनले भने,‘पैसा रहरले होइन,बाध्यताले मात्र हो । गाउँमा सवैपरिवारको पैसा तिर्ने हैसत हुुन्छ । सवैले त्यसो भनेपछि श्रमदान गर्न को आउने ? त्यसैले १० कट्टा भन्दा बढी खेतवालाले त पैसा बुझाउन पाउदैन , श्रमदानमा अनिवार्य मान्छे पठाउनुपर्छ ।’ उनले कारण खुलाएर श्रमदानमा आउन नसक्ने परिवारबाट उठेको दण्ड जरिवानाको पैसा गाउको भलाई कोषमा जम्मा गरिने बताए । भलमन्साको नाममा खडा हुुने यस्तो प्रकारको रकमलाई गाउँकै सार्वजनिक कार्यमा खर्च गरेको देखाउनुु पर्ने भलमन्सा चौधरीले बताए ।

यो गाउमा मात्र हैन ,थारु समुुदाय भएको अधिकांस गाउँको खेत प्राकृतिक तालतलियाको पानीबाट रोपाई गर्ने चलन छ । येतिबेला जंगलको पानी संचित हुन सुरु संगै रोपाइ गर्ने बेला पनि सुुरु भएकोले, बनौलीका बासिन्दा जसरीनै अन्य थारु बस्तीमा पनि श्रमदानबाट खेतमा लाग्ने कुलो र जंगलमा बाध बाध्ने काममा स्थानिय ब्यस्त भएका छन ।

स्थानिय पत्रकार लखन चौधरीले थारुहरुको सिचाईका लागि गरिने श्रमदान कार्य होस वा अन्य कुनै सामुुहिक रुपमा गाउँको बिकासमा भलमन्साको अगुवाईमा हुने कार्यमा स्थानिय सरकारको सहयोग हुन आवश्यक भएको बताए । ‘गाृ“उ बस्तीमा भलमन्सा हुन्छ र स्थानिय सरकारले थोरै भएपनि भलमन्सा भलाई कोष खडा गरेर रकम जम्मा गरि दिदा धेरै राम्रो हुन्थ्यो’ उनले भने,‘ भलमन्साको भलाई कोषमा स्थानिय सरकारले थोरै भएपनि बजेट दिने हो भने गाउँको धेरै बिकासका काम सकिन्थ्योे, श्रमदानलाई अझ प्रभाकारी बनाउन मद्धत पुुग्थ्यो , अर्काेतिर गाउ“मा अप्पठारो परेको जस्तो सुत्केरी , सर्पले टोक्दा तत्काल उपचार केन्द्र सम्म लैजान भलाई कोषले काम गर्दथ्यो तर यतातिर स्थानिय सरकारको ध्याननै छैन ।’ उनले त्यसैले अहिले भलमन्सा तथा बडघर बिधेयक प्रदेश सरकारबाट पास गर्ने देखि भलमन्सा प्रथालाई कानुुनी मान्यताको बाटोमा लैजानका लागि थारु अगुवाहरुले जोड गरिरहेको बताए ।

इडटपेन 









