धनगढी -सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक बसेको छ। मङ्गलवार शिक्षा मन्त्रालयमा विश्वविद्यालय सभाको बैठक बसेको हो। विश्वविद्यालय सहकुलपति एंव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माहाविर पुनको अध्यक्षता बैठक बसेको हो।बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा २ को खण्ड ग अनुसार सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र गोदावरी नगरपालिकाको नगर प्रमुख पदेन सदस्य रहने व्यवस्था छ।सभाको पहिलो बैठकले ऐनको परिच्छेद ४ को दफा ७ को उपदफा २को खण्ड छ बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनित एक जना सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तलाई मनोनीत गर्ने निर्णय गरेको छ।
बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा २ को खण्ड ठ बमोजिम विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट प्राध्यापक डाक्टर जयराज अवस्थी, प्राध्यापक डाक्टर अम्मराज जोशी, डाक्टर लवदेव अवस्थी, प्राध्यापक डाक्टर संगीता राजभण्डारी, डाक्यर डम्बरबहादुर पाल, सह(प्राध्यापक अनुराधा रोकायालाई सभाको सदस्यमा चयन गरेको छ।
बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा २५ को उपदफा १ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि प्राध्यापक जयराज अवस्थीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको छ। समितिको सदस्यमा प्राध्यापक डाक्टर दिपक महरा र प्राध्यापक डाक्टर भारती जोशी मनोनीत भएका छन्।

इडटपेन 









