कैलालीका स्वास्थ्यकर्मि पनि आन्दोलनमा

धनगढी— निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता र कानुनी प्रावधानअनुसारका सेवा–सुविधाको माग गर्दै धनगढीमा धर्ना दिएका छन्।जिल्ला प्रशासन कार्यालय, कैलाली अगाडि र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा उनीहरुले धर्ना सुरु गरेका हुन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता, सेवा–सुविधाको उनीहरूले माग गरेका छन्। शैक्षिक सक्कल प्रमाणपत्र कार्यालयमा नराख्ने, कार्य अनुभव प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउने र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
स्वास्थ्यकर्मीहरूले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।