पुर्वबाट पश्चिम तर्फ बिस्तार हुदै छठ पर्व ( भिडियो दृष्य )

यो भिडियो दृष्य धनगढीको मोहना नदीको त्रिनगरघाटको छठ पर्वको रौनक हो । केहि बर्ष अघि सम्म यहा पर्व मनाउन आउने थोरै सख्यामा रहेका मधेसी समुदायी मात्र हुन्थये । तर पछिल्लो समयमा मोहना नदी छेउको उत्र्सव मेलामा भरिभराउ हुनेमा मधेसी मात्रै छैनन , पश्चिेमेली पहाडी मुलका नेपालीहरुको सख्यामा पनि उत्तिकै छ । यसले नेपालको पुर्वी मधेसमा मनाइने छठ पर्व बिस्तारै पश्चिम तर्फ बिस्तार भईरहेको छ । बढदो मिश्रीत समाजमा स्वभाविक रुपमा कला , सस्कृति रिति रिवाज पनि मिसदै गएको छ । यसले धर्म , श्रद्दा र समाजिक एकताको सन्देश पनि दिएको छ । साथै सवै बर्गका लागि मानिसलाई एकै भावनामा बाध्ने काम गरेको छ ।