धान भित्राउन नसकेका किसान चिन्तत

धनगढी -कैलालीमा धेरै किसानले धान भित्राउन सकेका छैन्न । खेतबारीमा पाकी सकेको धान भित्राउने समयमा अकासमा बिमौसमी कालोबादलले कैलालीका किसान चिन्तित देखिएका छन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको पनि छ। कैलालीका हसुलियाका कुलदिप चौधरीले आधाखेतको धान भित्राउन बाकी रहेको बताए । अतिबृष्टि भईदिएमा बाढीकै समस्या आउछ उनले भने , हल्का बर्षा भएपनि पाकेको धान बिग्रिहाल्ने भएकाले यतिबेला चिन्ता छाएको छ । उनले पानीको कारण धानबाली नोक्सानी ब्यहोर्नु परे खाद्य संकटको सामना गर्नु पर्ने स्थिती आउने बताए । उनका अनुसार कैलारी गाउपालिकामा २० देखि ३० प्रतिशत किसानले अझै पुर्ण रुपमा घर धान भित्राउन नपाएको बताए । उनले कसैले धान काटेर चुटन बाकी रहेको होला कसैको धान काटननै बाकी छ । किसानले पुर्णरुपमा धान भित्राएको छैन ।
कैलाली जिल्लाभरिमा ७० प्रतिशतले धान भित्राई सकेको भएपनि ३० प्रतिशतले भित्राई नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।