धनगढी- सुदूरपश्चिम प्रदेशको अन्न भन्डारको रुपमा रहेको तराईका दुई जिल्ला कैलाली र कन्चनपुरका किसानले रसानिक मलको अभाव जहिलेनी झेल्नु परेको हुन्छ । अहिले गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेलामा पनि मलको अभाव झेलिरहेका छन । मल आपुर्ति गर्ने कम्पनी कृषि सामग्री कम्पनी लिमिटेडले थोरै परिणाममा सहकारी सस्था माध्यम मल बितरण गर्न सुरु गरेको छ ।कैलालीको कैलारी गाउपालिकाका किसानले सिजन सकिन लाग्दा पनि प्रपाप्त मात्रामा मल पाउन नसकेको गुनासो गरेका छन । हेर्नुहोस भिडियो रिपोट
कम्पनी लिमिटेडका सुदूरपश्चिम कार्यालयका प्रमुख नवल सिह बोगटीले यो सिजनका लागि आएको पहिलो लटको ५ सय मेट्रिक टन युरिया बितरण गर्न सुरु गरेको बताए । मौज्दात डिएपी मललाई पनि बितरण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका लागि केन्द्रले गहुँवाली सिजनका लागि २ हजार ४ सय टन युरिया र डिएपी २ हजार ४० टन छुट्टाएको छ । जसमध्येको पहिलो लटको ५ सय टन युरिया पुगिसकेकोले बितरण गर्न सुरु गरेको हो । बाकी कोटाको मल पनि आउदै गरेकोले किसानले लगातार मल पाउने बताए ।
सुदूरपश्चिममा मलखाद आपूर्ति तथा बिक्रि वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड हुन् ।
कृषि सामग्री कम्पनीले उपलब्ध गराएपछि डिलरहरुबाट किसानले मल किन्न पाउने ब्यवस्था छ । यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा बिक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटी बताए । कैलाली जिल्लाभर करिब चार सय डिलर रहेका छन ।

इडटपेन 









