सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढी नारामा साइकल र्याली तथा चित्रकला (भिडियो रिपोट सहित )

धनगढी -धनगढी उपमहानगरपालिकाले आज शनिवार सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढीको नारामा साइकल र्‍याली निकालिएको छ।साइकल र्‍यालीमा करिब तीन सय साइकल यात्रीको सहभागिता रहेको थियो। धनगढीको पृथ्वीनारायण चोकबाट निकालिएको साइकल र्‍याली गुरहीचोक हुँदै जेन्जी मार्गमा पुगेर समापन भएको हो। यसै बिच धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोदुवारा साइकल र्‍याली आयोजना गरिएको फा, हरियो, उज्यालो र सुरक्षीत धनगढी बिषयक माध्यमिक र अधारभुत स्तरिय चित्रकला प्रतियोगीहरुलाई पनि पुरस्कार बितरण गरिएको छ ।