धनगढीमा पुनः एलपिएल टि२० क्रिकेट प्रतियोगिता हुने

धनगढी – लिटल फ्लावर प्राइड लिग टी–२० क्रिकेट प्रतियोगिताको १०औँ संस्करण आगामी असोज १५ गतेदेखि आयोजना हुने भएको छ। बि.स.२०७२ साल देखि धनगढीमा आयोजना हुदै आएको पछिल्लो दुई बर्ष आफनो क्यालेन्डरमा प्रतियोगिता हुन सकेको थिएन । आयोजक संस्था लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सले पुनः लिटल फ्लावर प्राइड लिग टी–२० क्रिकेट प्रतियोगितालाई आफनै क्यालेन्डरमा फर्काउन लागेको जानकारी शनिवार पक्रकार सम्मेलनबाट दिएको छ ।
आयोजक सस्थाका अध्यक्ष रामचन्द्र शाहीले यो प्रतियोगिता केवल एउटा क्रिकेट प्रतियोगिता मात्र होइन नभएर युवा प्रतिभाको खोजी, खेलाडीको क्षमता विकास, सुदूरपश्चिमको क्रिकेटलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने र नेपाली क्रिकेटको भविष्य निर्माण गर्ने एउटा अभियान भएकाले पुनः संचालनमा ल्याएको बताए ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज २४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जनाएको हो।प्रतियोगिता माकुल १२ टोलीको सहभागिता रहनेछ। विजेता टोलीले नगद २ लाख रुपैयाँ तथा उपविजेता टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिटल फ्लावर प्राइड लिगले यस अघिका सस्करणबाट पनि खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्दै शाहीले १० औं सस्करणलाई अझै भब्यताका साथ सम्पन्न गराउनमा प्रायोजक सस्था , खेलप्रेमी दर्शक सन्चारकर्मि लगायत सम्पूर्ण शुभेच्छुकहरूको अझ बढी साथ सहयोग प्राप्त हुने बताए । शाहीले प्रतियोगितालाई निरन्तरता दिँदै सुदूरपश्चिममा अझै उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने आफ्नो सपना रहेको बताए। उक्त पत्रकार सम्मेलनमा सहभागी भएका क्रिकेटर शेर मल्लले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियता खेलिरहेका सुदूरपश्चिमका थुप्रै खेलाडीको जग नै एलपिएल भएको बताए । स्वयम आफु पनि एलपिएलबाट उदय भएको बताए ।