करिब पाँच महिना पछि स्वदेश फर्किए देउवा

धनगढी — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिना पछि बिहीबार स्वदेश फर्किएका छन् । पाँच महिना अघि स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका थिए । त्यहाबाट पछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।

बिहीबार साढे १२ मा देउवा विमानस्थल आइपुगेका हुन । उनको स्वदेश फिर्ता हुने खवर संगै देशभरबाट उनका स्वागतका लागि काग्रेस इतर समुहका नेता कार्यकर्ता राजधानी काठमाडौ गएका छन । स्वदेश फिर्ता संगै देउवा विमानस्थलबाटै महाराजगन्जस्थित डेराको घरमा बस्ने भनिएको छ ।