म नेता होइन, नागरिक बनेर फर्किएको छु : देउवा

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू नागरिक बनेर स्वदेश फर्किएको बताएका छन् । ५ महिनाभन्दा बढी लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै भनेका छन्, ुम नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।

देउवाले सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुनु स्वाभाविक रहेको पनि जनाएका छन् । मैले सधैँ भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु । कानुन र नीति विपरीत कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हीत, संविधान कानुन र नैतिकता मूल्य मान्यताअनुरुप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन,ु देउवाले भनेका छन् ।

पाँच महिना लामो स्वास्थ्य उपचार सकेर ुपुण्यभूमिु मा फर्कन पाउँदा आफ्नो हृदय गहिरो भावनाले भरिएको देउवाले जनाएका छन् । ुहिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्। सर्वप्रथम मेरो स्वास्थ्य बारे चासो, चिन्ता राख्ने र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु,ु उनले भनेका छन् । सभार कान्तिपुर