कैलाली — सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशको मुख्यमन्त्रीका रूपमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका छन्।
नयाँ सरकारमा एमालेबाट चार जना मन्त्री भएका छन् । सन्तोषकुमारी थापा शर्मा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री बनेका छन् ।मुख्यमन्त्री भट्टसँगै एमालेका मन्त्रीहरूले पनि शपथ लिएका हुन् । नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिसकेको छैन ।

इडटपेन 


इ-डटपेन 





