प्रकाश देउवा प्रदेश सभा सदस्यबाट पदमुक्त हुने

धनगढी -नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा प्रदेश सभा सदस्यबाट पदमुक्त हुने भएका छन । प्रदेश सभाको बैठकमा लामो समयदेखि अनुपस्थित रहेका देउवालाई पदमुक्त गर्ने निर्णय सभामुख भीमबहादुर भण्डारीले मंगलवार गरेका हुन ।
देउवा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका थिए। । त्यसपछि प्रदेश सभामा उनको उपस्थिती रहेको छैन । प्रदेशसभाका बैठकमा उपस्थित नभए पनि उनले प्रदेशसभा सदस्यका रूपमा प्राप्त गर्ने पारिश्रमिक तथा अन्य सुविधाहरू भने निरन्तर लिँदै आएको बताइएको छ।प्रदेशसभा नियमावली, २०८० ले सभाको जानकारीबिना लगातार १० वटा बैठकमा अनुपस्थित हुने सदस्यको पद रिक्त हुने व्यवस्था गरेको छ। नियमावलीको नियम ९(३) मा यस्तो व्यवस्था गरिएको छ।देउवा लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई दिएका थिए। त्यसबेला सभामुख भण्डारीले उनको पद तत्काल कायम राखेका थिए। तर अनुपस्थिति २५ बैठकसम्म पुगेपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेका हुन्। देउवा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाका भतिज हुन । उनी कैलालीको क्षेत्र नम्वर ५को २बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।