धनगढी — सुदूपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । उनले नेकपाका २० र एमालेका ११ गरी कुल ३१ मत पाएका छन् ।
नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट पाँच दिनअघि साउन २९ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश सभामा नेकपाका २० -सभामुख र एक जना निलम्बितबाहेक) र एमालेका ११ सांसद गरी कूल ३१ सांसद छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि २७ मत आवश्यक हुने भएपनि मंगलबार कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गरेपछि दुई जना सांसदको पद रिक्त भएर प्रदेश सभा सदस्यको कूल संख्या ५१ भएको छ ।
भट्टको विपक्षमा १५ मत परेको छ ।

इडटपेन 


इ-डटपेन 





