मुख्यमन्त्री द्धारा सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ब्रिफिङमा र्सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री भट्टले कार्यालयलाई स्मार्ट, प्रविधिमैत्री र परिणाममुखी बनाउँदै र्सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका हुन । नागरिकले सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा भने । बउनले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिए।उनले प्रदेशका सबै मन्त्रालय तथा निकायबीच प्रभावकारी समन्वय र अनुगमन गर्नुपर्ने समेत बताए।
मुख्यमन्त्री भट्टले प्रदेश गौरवका आयोजना तथा रणनीतिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।