पानी बेच्ने महिलाको मृत्यु, आफन्तको बिरोधप्रर्दशन

धनगढी कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट मृत्यु हुन पुगेकी महिलाका आफन्तजन द्धारा बिरोध प्रर्दशन गरिएको छ ।
बझाङकी सिन्की बोहराको बसले कुल्चिन पुग्दा मृत्यु भएको हो । घटनाबाट आक्रोसित आफन्तजनले बसले ब्याक गर्ने क्रममा बोहरालाई किचेर मारेको आरोप लगाएका छन । आफन्तजनले इलाका प्रहरी कार्यालय अत्तरिया घेराउ र सडकमा टायर बालेर बिरोध प्रर्दशन गर्दा अत्तरिया बजारको चोक केहि बेर तनावग्रस्त भएको थियो । मृतकका आफन्तले पहाड रोड र पूर्व रोडमा सवारी आवागमन अवरुद्ध गर्दै विरोध जनाएका छन्।
आफन्तको अनुमति नलिई शवलाई मुचुल्का गरेर बसपार्कबाट अन्यत्र लगिएको भन्दै उनीहरूले थप आक्रोश व्यक्त गरेका छन्। घटनापछि अत्तरियामा सुरक्षा व्यवस्था कडा पारिएको छ।