धनगढी-धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट पीडितको सहयोगर्थ ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।उपमहानगरपालिकाका अनुसार उक्त सहियोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले स्थानीय तहका तर्फबाट सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ।

इडटपेन 


इ-डटपेन 





